पाकिस्तान अष्ट्रेलियासँग ४१ रनले पराजित, आज भारत-न्युजिल्याण्ड भिड्दै


३० जेष्ठ २०७६, बिहीबार
cricket 2

काठमाडौं, ३० जेठ । पाकिस्तानलाई ४१ रनले हराउँदै अष्ट्रेलियाले एक दिवसीय विश्वकप क्रिकेटमा जीतको पुनरागमन गरेको छ ।

अघिल्लो खेलमा भारतसँग हारेको अष्ट्रेलियाले गएराती पाकिस्तानलाई हराउदै अंक तालिकाको शिर्ष स्थानमा रहेको न्युजिल्याण्डसँग बराबरी गरेको हो ।

खेलमा अष्ट्रेलियाले दिएको ३ सय ८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४६ औं ओभरमा अलआउट हुनुपूर्व २ सय ६६ रन मात्रै बनाउन सक्यो ।

उसका लागि इमाम उल–हकले ५३ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्न अष्ट्रेलियाका प्याट कमिन्सले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको साविक विजेता अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै ३ सय ७ रन बनाएको थियो ।

पहिलो विकेटका लागि एक सय ४६ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नरले एक सय सात रन बनाए भने कप्तान आरोन फिन्चले ८२ रन जोडे ।

दुई सय ७७ रन बनाउँदासम्म ४ विकेटमात्र गुमाएको अष्ट्रेलियाले बाँकी ३० रन जोड्दा पछिल्ला ६ विकेट गुमाएको हो । पाकिस्तानका मोहम्मद अमिरले ३० रन खर्चेर ५ विकेट लिए । विश्वकप क्रिकेटमा आज भारतले न्युजिल्याण्डको सामना गर्नेछ ।

न्युजिल्याण्डले प्रतियोगितामा लगातार तीन खेल जितेको छ भने भारतले लगातार दुई खेल जितेको छ । दुई अपराजित टोलीबीचको यो भिड्न्त निकै रोचक हुने अनुमान गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७