मर्जरका लागि लघुवित्तहरु तयार रहनुस् : गभर्नर नेपाल


३१ जेष्ठ २०७६, शुक्रबार
chiranjibi nepal

काठमाडौं, ३१ जेठ । नेपाल राष्ट्र बैंकले सबै लघुवित्त संस्थाहरुलाई मर्जरका लागि तयार रहन आग्रह गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित ‘लघुवित्त संस्थाको मर्जर र आवश्यकता’ विषयक अन्तरक्रियामा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई जानकारी गराए ।

उनले ग्रामीण क्षेत्रको गरिबी निवारणका लागि आर्थिक गतिविधि बढाउन टेवा पुर्‍याउने उद्देश्यका साथ शुरु गरिएको लघुवित्त संस्थाको दिगोपनाका लागि पनि मर्जर अति आवश्यक भएको बताएका छन् । गभर्नर नेपालले असार महिनाभित्र सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरुको स्थापना गरिसक्ने घोषणा पनि गरे ।

७५३ वटा स्थानीय तहमध्ये ७२८ वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरु पुगिसकेको र बाँकी स्थानीय तहमा पनि यही असारभित्र बैंक तथा वित्तीय संस्थाहरुको व्यवस्था गर्ने गभर्नर नेपालको योजना छ ।

कार्यक्रममा बोल्दै नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्त संस्थाहरुलाई पनि मर्जर गर्ने नेपाल राष्ट्र बैंकको कामप्रति पूर्ण समर्थन रहेको बताएका छन् । समस्यामा परिरहेका लघुवित्त संस्थाहरुलाई पनि मर्जर अभियानले ठूलो राहत दिएको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७