एक हप्ते ‘ओलम्पिक डे’ कार्यक्रम सूरु


३२ जेष्ठ २०७६, शनिबार
olympic day nepal 3

काठमाडौं, ३२ जेठ । अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपालमा एक हप्ते ‘ओलम्पिक डे’ कार्यक्रमको सुरुवात भएको छ । नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोट्र्स फर अल कमिसन नेपालले शनिबार एक कार्यक्रमको आयोजना गर्दै ओलम्पिक डेको सुरुवात गरेको हो ।
ओलम्पिक डेको पहिलो दिन साइकर्ल याली आयोजना गरिएको छ । एनओसी भवन सातदोबाटोबाट सुरु भएर भृकुटीमण्डप पुगेर सकिएको ¥यालीमा १०० सय बढीको सहभागीता रहेको थियो ।

यस्तै र्याली अघि जुम्बा डान्सको प्रदर्शनी समेत गरिएको थियो । साइकल र्याली अघि कार्यक्रमको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद जीवन राम श्रेष्ठले गरेका थिए ।
कमिसनले ओलम्पिक डेको अवसरमा नेपालमा १ सय १६ वटा कार्यक्रम आयोजना गर्दैछ । कमिसनले यसपटक सात प्रदेशसहित राष्ट्रिय खेलकुद, विभिन्न विधालय, विभागीय क्लब आर्मी, पुलिस र एपीएफमा १ सय १६ वटा कार्यक्रम गरेर मनाउने जनाएको छ । olympic day nepal 4 olympic day nepal 5 olympic day nepal 6

ओलम्पिक डे को अन्तिम दिन असार ८ गते लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा विविध कार्यक्रम गरेर समापन गरिने आयोजकले जनाएको छ ।

आधुनिक ओलम्पिक स्थानमा भएको दिनको अवसर पारेर मनाउन थालिएको ओलम्पिक डे जुन २३ (असार ८) मा मनाउने गरिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७