पत्रकार सम्मेलनमा किन रोए कुलमान ?


२ भाद्र २०७४, शुक्रबार
Kulman Gishing 1

Kulman Gishing 1

काठमाडौं : लोडसेडिङ हटाएपछि देशमा चर्चा र प्रशंसाको पात्र बनेको नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङलाई उज्यालोको प्रतिकको रुपमा लिने गरिएको छ । बत्ती गयो भनेर कुलमान गयो भनेर भनिन थालिएको छ ।

तर, मंगलबार तिनै उज्यालोको प्रतिक कुलमानको अनुहार अध्यारो देखियो । निकै भावुक रुपमा उनी प्रस्तुत भए । लिड बल्ब खरिद प्रकरणमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि कुलमानले खण्डन गर्न पत्रकार सम्मेलन गरेका हुन् । निकै भावुक मुद्रामा प्रस्तुत कुलमानले लिड बल्बमा आफू वा आफ्नो टिमले पैसा खाएको प्रमाणित भए ‘देश छाडेर जाने’ बताएका छन्।

प्राधिकरणमा पत्रकार सम्मेलन गरेर उनले भने भने, ‘लिड बल्ब खरिदमा म र मेरो टिमको नियतमाथि शंका गरिएकोमा मलाई चित्त दुखेको छ। यसमा हामीले पैसा खाएको प्रमाणित भए देश छाडेर जान्छु।’ सरकारले नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा मन्त्रालयअन्तर्गतको कम्पनीबाट २ करोड थान एलइडी (लाइट इमिटिङ डिओड) बल्ब किन्न दिने निर्णय गरेको थियो। उक्त निर्णय विवादित छ। सरकारले बिनाटेन्डर यति ठूलो परिमाणको बल्ब किन्न लागेको भन्दै केहीले यसमा अनियमितताको आशंका गरेका छन्। कतिपयले भारतले ३८ भारूमा किनेको बल्ब नेपालले किन ६५ भारूमा किन्ने भन्दै प्रश्न पनि तेर्स्याएका छन्।

एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको उनले बताए । उनले भने, ‘नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा खानु नै छ भने २र४ घन्टा लोडसेडिङ गर्दा नै करोडौं कमाएर बस्थेँ ।’ लिड बल्ब खरिदमा अनावश्यक विवाद झिकेर नियोजित रूपले आफ्नो चरित्र हत्या गर्ने खेल भएको उनले बताए। ‘हामीले अनियमितता गरेको भन्ने कुनै प्रमाण भेटिए म झुन्डिन तयार छु’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७