भारतीय प्रहरी विना अनुमति अछाममा, जनमोर्चाले जनायो आपत्ति (विज्ञप्तिसहित)


३ असार २०७६, मंगलवार
india police

काठमाडौं, ३ असार । राष्ट्रिय जनमोर्चाले विना अनुमति भारतीय प्रहरी नेपाल पसेको भन्दै सो घटनाको आवश्यक छानविन गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै भारतको छतिसगढ प्रहरी नेपालको अछाम जिल्लामा पुगेको घटनाबारे गम्भीर रुपमा छानविन माग गरेका हुन् ।


विज्ञप्तिमा अध्यक्ष केसीले भारतीय प्रहरी एउटा सार्वभौम मुलुकमा विना अनुमति पस्नु अन्तर्राष्ट्रिय कानुनी मान्यता विपरीत र सार्वभौम मुलुकविरुद्धको कुरा भएको दाबी गर्दै उक्त व्यवहारको भत्र्सना गरेका छन् । यसले भारतीय साम्राज्यवादको नेपालप्रतिको रवैयालाई थप उजागर गरेको समेत विज्ञप्तिमा जनाइएको छ ।

दुई महिनाअघि अछामका १९ वर्षीय केशव सोनी र भारत छत्तिसगढ कोबार जिल्लाकी १५ बर्षीया किशोरीले भागेर विवाह गरेका थिए ।

विवाहपछि किशोरीतर्फका आफन्तले छोरी खोजिदिन निवेदन दिएपछि भारतको छत्तिसगढ प्रहरीले भारतका विभिन्न स्थानका साथै नेपालको अछाममा खानतलासी गरेको थियो । सो क्रममा ३ जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको समेत विज्ञप्तिमा जनाइएको छ ।

janamorch

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७