गाउँपालिकाकी उपाध्यक्षसहित आफन्त सवार जीप कर्णाली नदीमा खस्यो (अपडेट)

खोजीका लागि १६ गोत्ताखोर र चार हेलिकोप्टर परिचालन


३ असार २०७६, मंगलवार
karnalis

हुम्ला, ३ असार । कर्णाली नदीमा मंगलबार दिउँसो खसेको जीपमा हुम्लाको खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाहीसहित उनको परिवार सवार रहेको खुलेको छ ।

 

म्लाको खार्पुुनाथ गाउँपालिका–५, कैलाबालु भन्ने ठाउँबाट लु १ ज ७१६६ नम्बरको जीप आज दिउँसो १२ बजेतिर कर्णाली नदीमा खसेको हो । हुम्लाकै सिमकोटबाट खार्पुनाथतर्फ जाँदै गरेको जप्प नदीमा खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी मोहन आचार्यले पुष्टि गरेका छन् ।

सो जीपमा खार्पुुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धुु शाही र उनका आफन्तहरु सवार रहेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिएका छन् । यद्यपि जीपमा कति यात्री सवार थिए भन्ने खुलेको अझै खुलेको छैन । तर, उपाध्यक्षसहित १५ यात्रु रहेको अनुमान गरिएको एसएसपी आचार्यले जानकारी गराएका छन् ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालका अनुसार नदीमा खसेको जीप खोजीका लागि गोताखोर परिचालन गरिएको छ । सिमिकोटबाट गाउँपालिका कार्यालय आउने क्रममा जीप नदीमा खसेको जनाइएको छ । दुर्घटनामा परेकाहरूको खोजीका लागि १६ जना गोताखोर पठाएको प्रजिअ ढकालले बताएका छन् ।

‘चार वटा हेलिकप्टरमा सेना राखेर परिचालन गरिएको छ,’ उनले भने, ‘नदीमा कतै जीप देखिन्छ कि भनेर दुईटा हेलिकप्टर खोजीमा छन् । दुईटा हेलिकप्टर गोताखोर बोकेर उडे ।’

जीप दुर्घटना भएको ठाउँमा प्रहरी टोली पुगेको र जीप र यात्रु भने फेला नपरेको सहायक प्रहरी निरीक्षक खरेलले जानकारी दिएका छन् । ‘त्यहाँ हाम्रो टोली खटिइरहेको छ, दुई जना प्रहरी साथीहरूले पौडिएर पनि खोजेका छन् तर केही भेटिन सकेको छैन,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७