मोबाइल मेलामा थपिए अफर, मोबाइल किन्दा १ लाखको बीमा


४ असार २०७६, बुधबार
1560947600Mela4

काठमाडौं, ४ असार ।राजधानीका तीन स्थानमा एकै पटक सञ्चालन भैरहेको मनसुन मोबाइल मेगा अफरमा मोबाइल किन्नेको भिड लागेको छ।

मेलामा सेवाग्राहीको चाहनालाई ध्यानमा राखेर नयाँ अफरहरु थप गरिएको छ ।एउटा मोबाइल किन्दा अर्को मोबाइल निशुल्क पाउने यस अघिको योजनामा मोबाइलका ४ मोडलहरु थप गरिएको छ।

यसका साथै हरेक मोबाइलको खरिदमा १ लाख रुपैयाँ सम्मको जीवनबीमा, निशुल्क सिनेमा टिकट लगायतका अफरहरु थप गरिएको छ । ६ सय ५० रुपैयााँमा मोबाइल किन्नेहरु पनि उल्लेखित अफरमा सहभागि हुनेछन्।

मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा, पाइने अफर आईमार्स मिल्की वे एम २, आई मार्स भि सन ६, नुबिया जेट मिनी १७, जेट १७मिनी एस्, जेट १७ लाईट,नुबिया भि १८ लगायत मोडलका मोबाइलको हकमा लागू हुनेछ ।

१५हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने आईमार्स मिल्की वे एम टू मा२ वटा सिमकार्ड,ओ एस एण्ड्रोइड ८.१ भर्सन, ३२०० एमएएचको व्याट्री, ५ दशमलव ४५ इञ्चकोस्क्रीन, ८ मेगापिक्सेलको फ्रण्ट क्यामेरा तथा १३ मेगापिक्सेलको रियर क्यामेरा, २ जीबी र्याम तथा १६ जिबी स्टोरेज छ।


आयोजकका अनुसार मेलामा १० हजार ४ सय ९९ रुपैयाँमा २ वटा सेट खरिद गर्न सकिने आईमार्स भि सन ६ मोबाइलमा एण्ड्रोइड ७, ५ इञ्चको एचडी आईपीएस स्क्रीन,१ जिबी र्याम, १६ जिबी स्टोरेज, २२ सय एमएएचको व्याट्री छ ।

नुबिया ब्राण्डको बिशेषता सिडीएमए तथा जिएसएम सिमएकै साथ प्रयोग गर्न सकिन्छ ।

२८ हजार ९ सय९९ मा २ वटा सेट खरिद गर्न सकिने नुबिया जेड १७ मिनीमा ५।२ इञ्चको स्क्रीन, ४ जीबी र्याम, ६४ जीबी स्टोरेज, १६ मेगापिक्सेलको फ्रण्ट तथा १३ मेगापिक्सेलको रियर क्यामेरा छ ।

त्यसै गरी ३६ हजार ९ सय९९ रुपैंयामा २ वटा सेट किन्न सकिने नुबिया जेड १७मिनीएसमा ५।२ इञ्चको स्क्रीन, ६ जीबी र्याम, ६४जीबी स्टोरेजका साथै पछिल्ला एण्ड्रोइड फिचर समावेश गरिएको छ ।

३४ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने नुबिया जेड १७ लाइटमा ५।५ इञ्चको स्क्रीन, ६ जीबी र्याम, ६४ जीबी स्टोरेज, फंिगरप्रिण्टका साथै आधुनिक फिचर्स छन् ।

३१ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट किन्न सकिने नुबियाभी १८ मा६ इञ्चको स्क्रीन, ४ जीबी र्याम, ६४ जीबी स्टोरेज, भी७.१ एण्ड्रोइड भर्सन, ४००० एमएएचको व्याट्री, फिंगरप्रिण्ट सेन्सर लगायतका विशेषता छन्।

मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा, शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशत सम्मको छुटमा किन्न सकिने छ। पुरानो मोबाइलसँग नयाँ मोबाईल साट्ने व्यवस्था पनि मिलाइएको छ ।

मेला अवधिमा मोबाइल खरिद गर्नेले एफक्युब सिनेमा सिने डिसीको टिकट निशुल्क पाउने छन् । साथै मोबाइल किन्दा मेरो सुरक्षाको मोबाईल प्रोटेक्सन प्लान र १ लाख बराबरको जीबन बीमा निशुल्क पाउनसकिने आयोजकले बताएको छ ।

मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवथा रहेको जनाइएको छ।साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने छ। मोबाइल मेला आगामी असार १५ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७