अवैध रुपमा कामदार साउदी लान खोज्ने म्यानपावरको अन्तरवार्तास्थल अनुपम फुडल्याण्डमा छापा

अवैध रुपमा कामदार लैजाने काममा साउदी दूतावासकै कर्मचारी संग्लन


४ असार २०७६, बुधबार
Anupam Foodland

काठमाडौं, ४ असार  :  वैदेशिक रोजगार विभागले बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा छापा मारेको छ । वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति नलिई हजको लागि नेपाली कामदारलाई साउदी अरब लैजान भन्दै अन्तर्वार्ता भइरहेको काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बुधबार छापा मारेको हो ।

बुधबार सिनामंगलस्थित मिता म्यानपावरले ११ सय कामदार पठाउन अन्तर्वार्ता गरिरहेको बेला वैदेशिक रोजगार विभागले छापा मारेको हो । अन्तर्वार्तामा म्यानपावरका सञ्चालक, कर्मचारी सहित नेपालस्थित साउदी राजदूताबासका कर्मचारीहरु समेत संग्लन भएको विभागका एक कर्मचारीले बताए ।

मिता म्यानपावर कम्पनीका सञ्चालक, साउदीको कम्पनीका चार जना र नेपालस्थित साउदी दूतावासका कर्मचारीहरुलाई २४ घण्टाभित्र विभागमा हाजिर हुन निर्देशन दिएर छोडेको छ ।
कामदारलाई ६० हजार रुपैयाँसम्म तलब दिने भन्दै अन्तर्वार्तामा बोलाइएको थियो । विभाग र प्रहरीको टोलीले कागजात नियन्त्रणमा लिँदै अन्तर्वार्ता पनि रोकेको छ। सञ्चालकलाई २४ घन्टाभित्र विभागमा हाजिर हुन निर्देशन दिइएको विभाग स्रोतले जानकारी दिएको छ।

पहिले नै स्वीकृति लिएको १ सय २७ जनाका लागि अन्तर्वार्ता लिइरहेको र कम्पनी राम्रो भएकाले दूतावासका समेत कर्मचारी आएको म्यानपावर सञ्चालकले विभागका कर्मचारीलाई बताएका थिए । तर तर विभागले यो प्रक्रियावाट कामदार जान दिन नमिल्ने भन्दै अन्तर्वार्ता नै रोकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७