कोपा अमेरिका : कतारलाई कोलम्बियाले हरायो


५ असार २०७६, बिहीबार
kopa

काठमाडौं, ५ असार । कोपा अमेरिका अन्तर्गत बिहीबार बिहान भएको खेलमा कोलम्बियाले कतारमाथि जित निकालेको छ । लगातार दुई जित निकालेपछि कोलम्बिया नकआउट चरण नजिक पुगेको छ ।

साओ पाउलोमा भएको खेलमा डुभान जापाटाको एक मात्र गोलले कोलम्बियालाई नकआउट चरण नजिक पुर्‍याएको हो । उनले खेलको ८६औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै कोलम्बियाले समूह बीमा ६ अंक जोडेको छ । कतारको भने एक अंक मात्र छ । ब्राजिल भने भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिन पुग्यो । बराबरीसँगै ब्राजिलले दुई खेलबाट ४ अंक बनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७