सूचना प्रविधि विधेयक पारित गर्न ढिलाई गरिनु हुन्न : बास्कोटा


६ असार २०७६, शुक्रबार
Gokul Baskota 2 6npirBbbkb
फाइल फोटो

काठमाडौं, ६ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिसम्बन्धि विधेयक तत्काल पारित गर्न संसदीय समितिलाई दवाव दिएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा सो विधेयक तत्काल पारित गर्न समितिका सदस्यहरुलाई दबाब दिएको जनाइएको छ ।

उनले सरोकार नै नभएको सो विधेयकसँग पत्रकारहरुलाई समितिका सदस्यहरुले जोड्ने गरेको भन्दै आपत्ति पनि समेत जनाएका छन् । समितिको बैठकमा प्रेस स्वतन्त्रतामाथि हनन् हुने गरी सो विधेयक ल्याएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ ।

मन्त्री बास्कोटाले भने यो विधेयकको पत्रकारहरुसँग कुनै सरोकार नै नभएकाले त्यसलाई पत्रकारहरुसँग जोडेर नहेर्न पनि समितिका सदस्यहरुलाई पटक–पटक आग्रह गरेका थिए । उनले दुई महिना लगाएर छलफल गर्दा पनि सो विधेयकलाई टुंगोमा पुर्‍याउन नसकेको भन्दै समितिप्रति असन्तुष्टि पनि व्यक्त गरेका थिए ।

‘सहमतिको नाममा सो विधेयक छलफल गरिएको दुई महिना बित्दा पनि पारित हुन नसक्नु राम्रो कुरा होइन्,’ मन्त्री बास्कोटाको भनाई थियो, ‘गलत चीजहरु छन् भने त्यसमा पनि काफी छलफल गरिएको छ, विज्ञहरुसँग समेत छलफल गरिएको सो विधयेक पारित गर्न ढिलाई गरिनु हुन्न ।’
मन्त्री बास्कोटाले सामाजिक सञ्जालका कारण पीडितहरुको संख्या बढदै गएपछि त्यसलाई न्यूनिकरण गर्ने गरी कानुनी व्यवस्था गर्न लागिएको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७