कमला नदीमा पेस्तोल फालेर भारतीय नागरिक भागे


७ असार २०७६, शनिबार
pestol
सांकेतिक तस्वीर

सिरहा, ७ असार । सिरहा नगरपालिका–१७ पटेर्वाबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।

गस्तीमा रहेको सशस्त्र प्रहरी बल क्याम्प माडरको टोलीले शनिबार विहान चेकजाँचको क्रममा पेस्तोल बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीका अनुसार भारतबाट नेपालतर्फ आइरहेको नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले बोकेको पेस्तोल बरामद भएको हो ।

‘प्रहरीलाई देखेपछि भारततर्फ भाग्ने क्रममा मोटरसाइकलमा सवार व्यक्तिले कमला नदी किनारमा पेस्तोल फालेर भागे,’ उनले भने । बरामद गरेको पेस्तोल जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७