यात्रापछि चालकलाई नमस्कार वा धन्यवाद भनेर आभार प्रकट गरौं : सुरेन्द्र पाण्डे


७ असार २०७६, शनिबार
Bhim Jawla Rai 3

पोखरा, असार ७ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीका सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कुनै पनि यात्रा सकिएपछि सफल यात्रा गराउने चालकलाई नमस्कार वा धन्यवाद प्रकट गर्नुपर्ने बताएका छन् ।

यात्रालाई सफल बनाउनमा चालकको महत्वपूर्ण भूमिका रहने भन्दै यात्रा सफलता आभार प्रकट संस्कार बनाए चालक पनि जिम्मेवार बन्ने उनको भनाई छ ।

Bhim Jawla Rai 2

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४० औं स्थापना दिवसको अवसरमा शनिवार पोखरामा आयोजित सम्मान कार्यक्रममा नेता पाण्डेले दक्षिण कोरिया यात्रको अनुभव सुनाउँदै नेता पाण्डेले यात्रुहरु सभ्य भए मात्रै यातायात मजदुरहरु सभ्य हुने बताए । दक्षिण कोरियामा यात्रापछि राष्ट्रपति, प्रधानमन्त्री लगायत सबैल चालकलाई नमस्कार गर्ने संस्कार रहेको बताए ।

नेता पाण्डेले समाजवादतर्फको यात्रा चुनौतीपूर्ण रहेको बताए । समाजवादमा जमिन, यातायात, उद्योग कलकारखाना, शिक्षा, स्वास्थ्य, सबै राष्ट्रियकरण गरेर सरकारको हुने भएकाले अहिल्यै नेपालमा कहाँबाट शुरू गर्ने भन्ने चुनौतीपूर्ण रहेको बताए ।

‘अहिले जग्गा सरकारी बनायो भने नेकपालाई भोट हाल्ने मान्छे यसको पछि लाग्छ ? अहिले तपाईं जग्गा जति सरकारी बनाउन सक्नुहुन्छ ? समाजवाद सुन्दा जति प्रिय लाग्छ, कार्यान्वयन त्यति नै चुनौतीपूर्ण छ’ उनले भने ।

जमिनलाई उपयोगका आधारमा कृषि, आवासीय, औद्यागिक र व्यावसायिक गरी वर्गीकरण गर्नुपर्ने र कृषि जमिनमा कर नलाग्ने तथा आवासीय, औद्यागिक र व्यावसायिक जमिनमा मूल्यका आधारमा जसको बढी सम्पत्ति उसको बढी कर लगाएर समाजवादमा जान सकिने विचार उनले व्यक्त गरे ।

Bhim Jawla Rai 1

नेता पाण्डेले बन्द हुन लागेका देशका सम्पूर्ण सरकारी विद्यालयलाई प्राविधिक विद्यालयमा परिणत गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नका लागि ५ सय रुपैयाँ र १ हजारका नोट बन्द गर्नुपर्ने तथा अहिलेको स्वास्थ्य बीमाको रकम बढाएर २ लाख रुपैयाँ बनाएर समग्र नीतिगत परिर्वतन गर्ने बित्तिकै समाजवादमा पुग्ने बाटो तय हुने भनाई राखे ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङ, संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, जिफन्ट गण्डकीका अध्यक्ष रुद्रबहादुर खत्री, लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष योगेन्द्रबहादुर केसीले यातायात मजदुरको हकअधिकारका बारेमा राज्य जिम्मेवार बन्नुपर्ने बताए ।

कार्यक्रममा संगठनका पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य चुडामणि जंगली तथा संगठनका अग्रजलाई सम्मान तथा सडक दुर्घटनामा घाइते मजदुरलाई आर्थिक सहयोग प्रदान गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७