कमजोर मानिएको अफगानिस्तानसँग भारतको संघर्षपूर्ण जीत


८ असार २०७६, आईतवार
cricket 3

लण्डन, ८ असार । जारी विश्वकप क्रिकेटमा शनिबार राति भारतले अफगानिस्तानमाथि संघर्षपूर्ण जीत हासिल गरेको छ ।

भारतले अफगानिस्तानलाई ११ रनले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २२४ रनको मध्यम योगफल तयार पारेको थियो । २२५ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४९ ओभर ५ बलमा अलआउट हुनुपूर्व २१३ रन मात्रै जोड्न सक्यो ।

भारतको जितमा तीव्र गतिका बलर मोहम्मद सामीको भूमिका महत्वपूर्ण रह्यो । उनले उनले खेलको अन्तिम ओभरमा ह्याट्रिक गर्दै अफगानिस्तानलाई जितबाट विमुख गराएका हुन् । जितपछि भारत ५ खेलबाट ९ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

न्युजिल्याण्ड शीर्ष स्थानमा
शनिबार नै भएको अर्को खेलमा वेष्ट इन्डिजलाई हराउँदै न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्याण्डको म्यान्चेस्टरमा गएराति भएको खेलमा न्युजिल्याण्डले वेष्ट इन्डिजलाई ५ रनले पराजित गरेको हो ।

न्युजिल्याण्डले दिएको २९२ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज ४९ ओभरमा अलआउट हुँदै २८६ रनमा समेटियो । उसका लागि कार्लोस ब्रैथवेटले १०१ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । न्युजिल्याण्डका ट्रेण्ट बोल्टले ४ तथा लक्की फर्गुसनले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २९१ रन बनाएको थियो । कप्तान केन विलियाम्सनले १४८ रन बनाएको ईनिङमा रोस टेलरले ६९ रन जनोडेका थिए । वेष्ट इन्डिजका शेन कोट्रेलले ४ विकेट लिए । जितसँगै न्युजिल्याण्डले ६ खेलबाट ११ अंक जोडेको छ । पराजित वेष्ट इण्डिजले ६ खेलबाट ३ अंक जोडेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७