विप्लवका सात कार्यकर्ता पक्राउ, देशका विभिन्न १२ स्थानका बम निस्क्रिय


१० असार २०७६, मंगलवार
army 2

काठमाडौं, १० असार । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आह्वा गरेको बन्दका क्रममा मंगलबार विभिन्न जिल्लाबाट सात जना विप्लव कार्यकता पक्राउ परेका छन् ।

२० स्थानबाट शंकास्पद वस्तु फेला परेको र १२ स्थानको विष्फोटक वस्तु निस्क्रिया पारिएको जनाइएको छ । काठमाडौं, कास्की, मकवानपुरबाट एक–एक जना र रुकुम पश्चिमबाट ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंको सुकेधाराबाट बा २ ज ३८१७ नम्बरको ट्याक्सीमा चन्द समूहको प्रचार सामग्रीसहित भागीराज राईलाई पक्राउ गरिएको छ । २० ठाउमा शंकास्पद वस्तु फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

३ ठाउँमा ग्याँस सिलिण्डर बम, २ स्थानमा सकेट, ४ ठाउँमा प्रेसरकुकर बम निस्क्रिय पारिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

यसैगरी अर्घाखाँचीमा सुतली, कैलालीमा टाइम बम र झापामा आरसीआइडी बम निस्क्रिय पारिएको प्रवक्ता पोखरेलले बताएका छन् । बन्दका क्रममा चार जिल्लामा सामान्य तोडफोड समेत भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७