उपराष्ट्रपति आफैले सफा गरे ग्रीनहाउस (फोटोफिचर)


१३ असार २०७६, शुक्रबार
pun 1

काठमाडौं, १३ असार । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले उपराष्ट्रपतिको भवन ग्रीनहाउस परिसरको आफू समेत सक्रिय रुपमा खटेर सरसफाई गरेका छन् । उनले आज (शुक्रबार) विहान आफ्ना सहयोगी, सुरक्षाकर्मी र कर्मचारीहरुसहित ग्रीनहाउस परिसरको सरसफाई गरेका हुन् ।

उपराष्ट्रपतिले महिनामा कम्तीमा एक दिन श्रममा खट्ने बताएका छन् । उपराष्ट्रपति पुन गत बुधबार मात्र ग्रीन निवास सरेका हुन् । उनी बस्दै आएकोे गैह्रीधारास्थित सरकारी निवासबाट लैनचौरस्थित उपराष्ट्रपतिको भवन ‘ग्रीन हाउस’ मा सरेको छ ।

मन्त्रिपरिषद्को गत भदौ २१ को बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि (उपराष्ट्रपति भवन) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

वातावरण मैत्री हरियो रङले रङ्ग्याइएको उक्त भवनलाई ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ । सामान्य मर्मत सम्भारपछि उपराष्ट्रपति पुनः सो निवासमा सरेका हुन् । 

तस्बिर स्रोत : उपराष्ट्रपति कार्यालय

pun 2
pun 3
pun 4
pun 5
pun 6
green
Green House 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७