रञ्जनको नयाँ प्रोजेक्टमा रणबीर


२५ असार २०७६, बुधबार
alia bhatt

काठमाडौं, २५ असार । रणबीर कपूर र आलिया भट्टको लभ अफेयर उत्कर्षमा छ । दुबै डेडिङमा रमाइरहेका छन् । हालै मात्र उनीहरु न्यूर्योकमा थिए । न्यूर्योकमा रमाइला दिनहरु विताएपछि उनीहरु भारत फर्किएका छन् ।

हालै निर्देशक रञ्जनको कार्यालयबाट रणबीर कपूर र आलिया भट्ट बाहिरिएको देखिएको थियो । उनीहरु त्यहाँ निर्देशक रञ्जनसँग नयाँ फिल्मको लागि छलफल गर्न पुगेको बताइएको छ । रणबीरले निर्देशक रञ्जनको आगामी फिल्ममा अभिनय गर्ने सम्भावना रहेको छ । जसमा अजय देवगण पनि प्रमुख भूमिकामा रहने छन् ।

उक्त फिल्म सन् २०२० को प्रारम्भदेखि फ्लोरमा जाने अनुमान गरिएको छ । भारतीय मिडियाका अनुसार उक्त फिल्ममा रणबीर र अजयको अपोजिटमा दीपिका पादुकोण तथा तब्बूलाई लिइने सम्भावना अत्यधिक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७