अदालत परिसरबाट फरार प्रतिवादी पक्राउ


२७ असार २०७६, शुक्रबार
Nepal police

काठमाडौं, २७ असार । नेपाल प्रहरीले अदालत परिसरबाट फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
कागेश्वरी मनहरा नगरपालिका– ७ मुलपानी बस्ने ३० वर्षीय राम बोल खडकालाई बिहीबार साँझ कागेश्वरी मनहरा नगरपालिका–६ ग्रिनसिटी सडक गल्लीमा लुकिछिपी हिंडीरहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो।

बैकिङ कसुर मुद्धाका प्रतिवादी खड्कालाई मंगलबार पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट म्याद थपको लागि विशेष सरकारी वकिल कार्यालय काठमाडौं मार्फत उच्च अदालत पाटन बाणिज्य ईजलास ललितपुर लगेकोमा सोही अदालत परिसरबाट फरार भएका उनलाई खोजी गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७