प्रधानमन्त्री ओलीको अपिल, ‘आफू सुरक्षित रहनुहोस्, प्रभावितलाई मद्दत गर्नुहोस्’


२७ असार २०७६, शुक्रबार
kp oli Prime Minister of Nepal. He is the Chairman of the Nepal Communist Party 2

काठमाडौँ २७ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण तथा उद्धार गर्न तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् ।

शुक्रबार ट्वीट गर्दै उहाँले सम्भावित जोखिमबाट जोगाउनका लागि पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेकोसमेत जानकारी गराएका हुन् ।

ओलीले सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा डुबानको समस्या समाधान गर्न दुई देशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको जनाएका छन् । ओलीले उद्दार र राहत कार्यमा सरकारका निकाय समन्वयात्मक रुपमा परिचालित भएको भन्दै संकटको यस घडीमा आफू सुरक्षित रहन र प्रभावितलाई मदत गर्न आव्हान गरेका छन् । भनेका छन्, ‘विपत्तिको मिलेर सामना गरौँ ।’

यसैबीच, मधेसी आयोगले अविरल वर्षाका कारण मधेश क्षेत्रमा भएको डुबान र यसबाट सिर्जित मानवीय सङ्कट समाधान गर्न सरोकारवाला निकायसमक्ष आग्रह गरेको छ ।

आयोगद्वारा आज जारी विज्ञप्तिमा स्थानीय समाजसेवी, सङ्घ संस्था, स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन, नेपाल रेडक्रस तथा अन्य सरोरकारवालाबीच समन्वय र सहकार्य गरी पीडितको तत्काल उद्धार, राहत र पुनःस्थापना कार्य प्रभावकारी बनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७