अशोक लेलैण्डको ‘मेगा मन्सुन फ्रि चेकअप क्याम्प’ अफर


३० असार २०७६, सोमबार
Monsoon Megha Camp 2076

काठमाडाैं, ३० असार । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्धित अशोक लेलैण्डले ‘मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर’ सञ्चालन गरेको छ ।

Picture 2

लेलैण्डले देशभरका आफ्ना १३ आउटलेट्सहरुमा लागू हुने गरी ग्राहकमाझ यस्तो अफर ल्याएको हो छ । यस योजना अन्तर्गत ग्राहकहरुलाई फ्रि चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पार्टसमा ५ प्रतिशत, ल्युबमा १० प्रतिशत, लेबर शुल्क, ३० प्रतिशत साथै ३० प्रतिशत च्यासिस ग्रिजिङ्गमा छुट उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

फ्रि चेकअप क्याम्पका दौरानमा ग्राहकहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राइभिङसम्बन्धी विविध जानकारी लिन समेत सक्ने जनाइएको छ । यी अफरहरुका साथै निःशुल्क वासिङ्ग, ४५ चेक पोइट्स तथा बम्परदेखि बम्पर चेकअपसहित अन्य धेरै सेवाहरु रहेको कम्पनीले जानकारी दिएको छ ।

Monsoon Megha Camp 2076

यो अफर योजना अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना व्यापारिक प्रयोजनका सवारीका कुनै पनि मोडलमा लागू हुने जनाइएको छ । यो योजना देशभर असार ३० देखि साउन ५ गतेसम्म लागू हुने र सर्भिसिङ्गमा छुट कुपनहरु भदौं ५ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।

आइएमई मोटर्सले ग्राहक वर्गका निम्ति विभिन्न नौला योजनाहरु ल्याउने गरेको छ । साथै यस योजनामार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।
तीन वर्षको अन्तरालमा यस आइएमई मोटर्स प्रालिले देशभर १४ वटा आउटलेट खोलेर ग्राहकहरुमा सेवा प्रदान गर्न गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७