कर्मचारीको हाजिरीमा मन्त्रीले लगाए ‘रेजा’


२ श्रावण २०७६, बिहीबार
state number 3

हेटौंडा, २ साउन । प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश शिक्षा निर्देशनालयको आज अनुगमन तथा निरीक्षण गरेका छन् ।

बिहान १०ः४० बजे प्रदेश शिक्षा निर्देशनालयमा पुग्दा दुई जना कार्यालय सहयोगी मात्र भेटिएको उनले जानकारी दिए । मन्त्री दुलालका अनुसार १०ः४० बजेसम्म कार्यालय सहयोगी बाहेक प्रमुख, उपप्रमुखलगायत कोही पनि कर्मचारी कार्यालयमा आइपुगेका थिएनन् । अनुगमनका क्रममा अनुपस्थित रहेका नौ जना

कर्मचारीको हाजिरी रजिस्टरमा उनले रेजा लगाएका छन् । मन्त्री दुलालले कर्मचारीलाई समयमा र नियमितरुपमा कार्यालयमा आउनका लागि निर्देशन समेत दिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७