एनआईसी एशिया बैंक र मेघा हस्पिटलबीच सेवा सम्झौता


२ श्रावण २०७६, बिहीबार
nic

काठमाडौं, २ साउन । एनआईसी एशिया बैंक र मेघा हस्पिटलबीच सेवा सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकलाई हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशत र फार्मेसीमा १० प्रतिशत सम्मको छुट प्रदान गरिने छ ।

उक्त सम्झौतापत्रमा बैंकका डिजिटल विजनेश विभागका इन्चार्ज रौनक करवा र मेघा हस्पिटलका अध्यक्ष किशोरजंग राणाले हस्ताक्षर गरेका छन् ।

बैंकले दशभर २९२ शाखा, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७