एनआइसी एसिया बैंकले पायो ‘उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड’


८ श्रावण २०७६, बुधबार
ICAN AWARD 6

काठमाडौं, ८ साउन । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डबाट एनआइसी एसिया बैंक सम्मानित भएको छ।

त्यसैगरी, वित्तीय प्रतिवेदन मध्ये फस्ट रनरअप अर्थात दोश्रो एनएमबी बैंक र सेकेन्ड रनरअप अर्थात तेश्रो सिटिजन्स बैंक भए ।

अर्थमन्त्री डा.युवराज खतिवडाले बैंकका सिइओ रोशनकुमार न्यौपानेलाई सो पुरस्कार प्रदान गरेका हुन्।

यसैगरी, विकास बैंक र वित्त कम्पनी समूहबाट महालक्ष्मी विकास बैंकले उत्कृष्ट लेखापरीक्षण अवार्ड हात पारेको छ।

उत्पादन समूहतर्फ बुटवल पावर कम्पनी, सेवातर्फ ओरियन्टल (र्याडिसन) होटल र अन्य समूहतर्फ कर्जा सूचना केन्द्रले अवार्ड हात पारेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७