युभेन्ट्सद्वारा आफ्नै देशको प्रतिद्वन्द्वी इन्टर–मिलान पराजित


९ श्रावण २०७६, बिहीबार
bh4V6gr5KpD314Gj6Qjb

काठमाडौं, ९ साउन । प्रि–सिजन भ्रमणमा रहेको इटालीयन क्लब युभेन्ट्सले आफ्नै देशको प्रतिद्वन्द्वी इन्टर–मिलानलाई पराजित गरेको छ ।

चीनमा गए राति भएको इन्टरनेसनल च्याम्पियन्स कपको खेलमा युभेन्ट्सले इन्टरलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्‍यो ।

नानजिङ ओलम्पिक स्टेडियममा निर्धारित समयको खेलमा १–१ गोलको बराबरी भएपछि खेल टाई ब्रेकरमा पुगेको थियो ।

निर्धारित समयमा युभेन्टसका लागि क्रिश्चियानो रोनाल्डोले एक गोल गरेका थिए भने युभेन्टसकै माटियास डे लिटले एक आत्माघाती गोल गरेपछि इन्टर मिलानले उपहार पाएको थियो । टाइ ब्रेकरमा युभेन्ट्स ४–३ ले विजयी भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७