यती एअरलाइन्सको पाँचौं एटीआर आइपुग्यो, अब यतीको जहाज ११ पुग्यो


११ श्रावण २०७६, शनिबार
Yeti Airlines 2

काठमाडौं, ११ साउन :  यती एअरलाइन्सको पाचौं एटीआर काठमाडौं आईपुगेको छ । आफ्नो विमान संख्या तथा सेवा बिस्तार गर्ने क्रममा यतीले पाचौं एटीआर ७२-५०० विमान भित्र्याएको हो ।

यो ७२ सिट क्षमताको आधुनिक विमान हो । योसहित यतीसँग अब ११ थान जहाज भएका छन्।उत्पादन क्रम संख्या एमएसएन ७४० तथा नेपाली कलसाइन ९एन एएनजी रहेको बिमान शनिबार थाइल्याण्डको राजधानी बैंङ्ककबाट उडेर दिउँसो १: ३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गरेको हो । क्याप्टेनहरू रूपकुमार सिद्धि र राजबहादुर खड्कालै बैंककबाट उडाएर ल्याएका हुन्।

Yeti Airlines 3

 

Yeti Airlines 1पर्यटन वर्ष २०२० मा नेपाल सरकारको २० लाख पर्यटक आगमनको लक्ष्य हासिल गर्न थपिएका विमानहरुले मद्दत गर्ने विश्वास लिएको यति एअरलाइन्सले जनाएको छ ।

एटीआर ७२(५०० विमान एक फ्रान्सेली-इटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रोप विमान हो । यसको गजबको निर्माण र प्रदर्शनका कारण एटीआर ७२ विश्वमै सफल क्षेत्रीय क्यारियर बनेको छ । यसले विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ ।

एटीआर ७२-५०० विमान दुई प्राट एण्ड व्हिट्नी पी डब्लु १२७ इन्जिनबाट चल्छ । ह्यामिल्टन स्टान्डर्ड कम्पोजिट प्रोपेलरहरुबाट सुसज्जित छ ।

सन् १९९८ मा स्थापना भएको यतीले हाल काठमाडौंबाट पाँचथान ‘एटिआर७२-५००’ र पाँचथान ‘जेटस्ट्रिम-४१ जहाजबाट दैनिक करिब चार दर्जन उडान गर्दै आएको छ।

यतीले जेटस्ट्रिम-४१ जहाजमार्फत पोखराबाट भैरहवा, भरतपुर र नेपालगन्ज उडान गर्ने घोषणा गरिसकेको छ। पोखराबाटै दैनिक ‘अन्नपूर्ण एक्सप्रेस’ माउन्टेन फ्लाइट पनि सुरु गर्ने जनाएको छ।

यतीले साउन १६ बाट भैरहवाका लागि पोखराबाट दैनिक उडान सुरु गर्ने छ। आगामी भदौ १५ बाट भरतपुर, भदौ २९ देखि माउन्टेन फ्लाइट र नेपालगन्जका लागि ‘चार्टर्ड फ्लाइट’ सञ्चालन गर्ने कम्पनीले जानकारी दिएको छ।यतीको भगिनी वायुसेवा तारा एयरसँग चारथान ‘ट्विनअटर’ र दुई ‘डोर्नियर-२२८’ छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७