सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको इन्टरनेट बैकिङ्ग सेवा स्तरोन्नती


१३ श्रावण २०७६, सोमबार
Citizines bank

काठमाडौं, १३ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो इन्टरनेट बैकिङ्ग सेवाको स्तरोन्नती गरेको छ ।

बैंकले हाल कायम इन्टरनेट बैकिङ्ग सेवालाई विस्थापित गरी नयाँ ‘एक्सप्रेस बैंङ्किङ’ नामक इन्टरनेट बैकिङ्ग सेवा शुरु गरेको हो । यस नयाँ इन्टरनेट बैकिङ्गमार्फत स्टेटमेण्ट हेर्न, बैंकभित्र तथा अन्य बैंकमा रहेको खातामा रकम ट्रान्सफर गर्न, विजुली, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कूल तथा कलेजको शुल्क तिर्न सकिन्छ ।

यो सेवा सहज रहेको हुँदा ग्राहक वर्गहरुले घरमै बसीबसी विभिन्न सुविधाहरु उपभोग गर्न सक्ने बैंकले जानकारी दिएको छ । अत्याधुनिक इन्टरनेट बैंकिङ्गको प्रयोगबाट बैंकद्वारा प्रवाह गरिने सुविधाहरू थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा प्रवाह हुने बैंकले दावी गरेको छ । आगामी दिनमा पनि नयाँ प्रविधिलाई आत्मसात गर्दै नेपाली जनताको घर दैलोमा बैंकिङ्ग सेवालाई सरल र छरितो रूपमा पुर्‍याउने बैंकले जनाएको छ ।

‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्‍याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५–७६ मा ७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरी बैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा एटिएम र १०० वटा शाखारहित बैंकिङ्ग एकाइहरुबाट करीव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूको छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरु स्थापना गरिसकेको छ ।

ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको बैंका प्रमुख प्रशासकीय अधिकृत उमङ्ग शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७