एनआईसी एशिया बैंकद्वारा ज्येष्ठ नागरिक मिलन केन्द्रलाई एलईडी टिभी प्रदान


१४ श्रावण २०७६, मंगलवार
nic 4

पोखरा, १४ साउन । एनआईसी एशिया बैंकले पोखरा कास्कीस्थित रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्रलाई एलईडी टेलिभिजन हस्तान्तरण गरेको छ ।

उक्त सहयोग स्वरुप दिइएको टेलिभिजन बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्माले एक कार्यक्रमबीच रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई हस्तान्तरण गरेका छन् ।

एनआईसी एशिया बैंकले गरेको यो सहयोगले सो केन्द्रका वृद्घवृद्घालाई सूचना तथा मनोरञ्जनका सामग्रीमा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७