अब २१ स्थानीय तहमा मात्रै बैंक पुग्न बाँकी, कहाँ–कहाँ पुगेका छैनन् बैंक ?(सूचीसहित)


१४ श्रावण २०७६, मंगलवार
Bank.jpj karja prabaha

काठमाडौं, १४ साउन । अब मुलुका २१ वटा स्थानीय तहमा मात्र वाणिज्य बैंकका शाखा पुग्न सकेका छैनन् । आवश्यक पूर्वाधारको अभावका कारण २१ स्थानीय तहमा बैंकका शाखा पुग्न नसकेका हुन् ।

प्रदेश नम्वर–५ मा भने सबै स्थानीय तहमा बैंकका शाखा पुगेको छ ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले ती तहमा पनि बैंकका शाखा छिट्टै सञ्चालनमा आउने दावी गरेका छन् । क्रमिक रुपमा बैंक शाखा नभएका स्थानीय तहको संख्या घट्दै गएको उनले बताए ।

सामान्यतः बैंकको शाखा सञ्चालनका लागि राम्रो घर, बिजुली, इन्टरनेटको पहुँच जरुरत पर्ने भएकाले ती सुविधा पनि नहुँदा शाखा सञ्चालनमा समस्या परेको बैंकको भनाई छ ।

प्रदेश–१ को एक स्थानीय तहमा बैंकको शाखा छैन । प्रदेश २, ३ र ४ का २–२ स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी छ । प्रदेश ६ का ८ र ७ का ६ स्थानीय तहमा बैंकका शाखा पुगेका छैनन् ।
यी स्थानीय तहमा बैंक पुग्न बाँकी

1 16
2 15

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७