ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ७९ करोड


१४ श्रावण २०७६, मंगलवार
global ime bank

काठमाडौं, साउन १४ । ग्लोबल आइएमई बैंकले आफ्नो नाफा बढाएको छ ।मंगलबार प्रकाशित गरेको विवरण अनुसार गत आर्थिक वर्ष २०७५र७६ मा बैंकले २ अर्ब ७९ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले नाफा बढाएको हो । आर्थिक वर्ष २०७४र७५ मा बैंकको नाफा २ अर्ब १ करोड थियो ।

बैंकले ब्याज आम्दानी समेत ३३ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष ३ अर्ब ८७ करोड व्याज आम्दानी गरेको बैंकले गतवर्ष ५ अर्ब १६ करोड रुपैयाँ पुर्‍यायो ।

गत वर्षको तुलनामा बैंकले निक्षेप र कर्जा दुबै विस्तार गरेको छ । आर्थिक वर्ष २०७४र७५ मा १ खर्ब ४ अर्ब निक्षेप संकलन गरेको बैंकले गत वर्ष १ खर्ब २० करोड पुर्‍याएको छ । यस्तै सोहि अवधिमा कर्जा ८८ अर्बबाट १ खर्ब ८ अर्ब विस्तार गरेको छ।

बैंकको खराब कर्जा अनुपात ०.७७ बाट ०.५५ प्रतिशतमा झरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७८.६९ प्रतिशत छ अघिल्लो वर्ष ७५.३५ प्रतिशत रहेको थियो ।


बैंकको बेसरेट ९.५४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १०.५५ प्रतिशत थियो । बैंकले वर्ष भरिको निक्षप र कर्जाको व्याजदरको अनुपात ४.४७ प्रतिशत कायम गरेको छ । बैंकको प्रति सेयर आम्दानी २७.११ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७