सिभिल बैंकबाट मेलम्ची नगरपालिकाका कृषकले सहुलियतपूर्ण कर्जा पाउने


१५ श्रावण २०७६, बुधबार
Civil Bank

काठमाडौँ,१५ साउन। सिभिल बैंक लिमिटेड, आइडिया स्टुडियो नेपाल र मेलम्ची नगरपालिकाबीच सम्झौता भएको छ । आइडिया स्टुडियो नेपालको सहकार्यमा मेलम्ची नगरपालिकाभित्र रहेका घरेलु कृषि क्षेत्रलाई आधुनिकीकरण गरी उत्पादित बस्तुको बजार प्रबद्र्घन गर्दै व्यबसायिक कृषी कर्जा लगानी गर्ने बिषयमा त्रिपक्षिय सम्झौता भएको हो ।


सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, आइडिया स्टुडियो नेपालका अध्यक्ष डा। छिरिङ्ग लामा र मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार आइडिया स्टुडियो नेपालले मेलम्ची नगरपालिकासँग सहकार्य गरी त्यहाँका स्थानीय कृषकहरुलाई प्राविधिक तालिम प्रदान गर्ने छ । उक्त तालिम प्राप्त कृषकहरुलाई मेलम्ची नगरपालिकाको सिफरिसमा सिभिल बैंक लिमिटेडले सहुलियतपूर्ण कृषि कर्जा प्रदान गर्नेछ ।

उक्त अवसरमा बोल्दै सिभिल बैंकका प्रमुखकार्यकारी अधिकृत गुरुङले यो सम्झौतालाई नमूना योजनाको रुपमा लिंदै यसलाई आगामी दिनमा देशका अन्य ग्रामीण क्षेत्रमा बिस्तार गर्दै लैजाने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७