प्रदेश २ सरकारले राहत वितरणमा अनियमितता गरेको छ : प्रभु साह (भिडियो सहित)


१८ श्रावण २०७६, शनिबार
Prabhu Sah CPN


सन्तोष साह
काठमाडौं, १८ साउन :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले बाढीपीडितको राहत बितरणमा प्रदेश २ सरकारले अनियमितता गरेको आरोप लगाएका छन् । प्राकृतिक विपतीको सामना मिलेर गर्नुपर्नेमा प्रदेश सरकारले आफूखुशी कार्यकर्ता मार्फत राहत बितरण गरेको जिकिर गरे ।

नयाँपेज डटकमसँग बाढीपीडितको पछिल्लो अवस्था, राहत बितरण, व्यवस्थापन लगायत बिषयमा कुरा गर्दै नेकपा केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री साहले प्रदेश २ सरकारले पीडितलाई बितरण गरिरहेको राहत प्रभावकारी नभएको बताए । ‘वास्तविक पीडितले राहत नपाउने र नेता कार्यकर्ताले पैसा कमाउने कामबाट पीडित झन् पीडित भएका छन्’ साहले भने, ‘प्रदेश सरकारको भ्रष्ट कामका कारण संघीय सरकारप्रती जनसमुदाय नकारात्मक हुँदै गएका छन्, राहत बितरण प्रदेश सरकारले बिभेद गरिरहेको छ ।’

बाढीपहिरोले देशैभरी व्यापक रुपमा मानविय सहित भौतीक क्षति भएको बताउँदै त्यसको बढी प्रभाव प्रदेश २ मा परेको उनले बताए । तर प्रदेश सरकारले यस्तो विपतीको समयमा राहत बितरणमा बिभेद गरेको आरोप उनले लगाए ।

‘संघीय सरकारले पठाएको राहत रकमको प्रदेश २ सरकारले अनियमित रुपमा बितरण गरेका छन्, राहत बितरण प्रभावकारी छैन्’ साहले भने, ‘एक त प्रदेश सरकारसंग आवश्यक जनशक्ति छैन्, भएकाहरु भ्रष्टाचारमा लिप्त छन् भने पीडितले न्याय कसरी पाउँने ?’

प्रदेश २ सरकारले अनियमितता गरेपछि नेकपा नेता साहले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानार्षण गराएका छन् । प्रधानमन्त्री ओलीलाई भेटेरै उनले राहत बितरणको अनुगमन, छानबिन तथा भ्रष्टहरुलाई कारवाही गर्नुपर्ने माग गरे ।

बाढीबाट प्रदेश २ मा भएको क्षति, राहत बितरण लगायतका बिषयमा पछिल्लो अवस्थाको बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउँदै उनले संघीय सरकार जनताको लागि जे पनि कार्य गर्न तम्तयार हुनुपर्ने बताए ।

तत्काल राहत तथा बसोबास व्यवस्थापनमा जोड दिएका सांसद साहले बाढी नियन्त्रणका लागि मजबुत तटबन्ध निर्माण, पानीको प्राकृतिक बहाव तथा छिमेकी मुलुकको सीमा र नेपाली भुभाग मै बनेको अव्यवस्थित संरचना हटाउने लागयतको दीर्घकालीन माग प्रधानमन्त्री ओलीसँग गरेका छन् ।
तत्काल राहत बितरण प्रभावकारी रुपमा उपलब्ध गराउने एवं बाढी तथा डुबानबाट विस्थापितलाई पुर्नस्थापना गर्ने तथा जीविकोपार्जनका लागि रोजगारीको व्यवस्था गर्ने काम संघीय सरकारले छिटै गर्नुपर्ने सुझाव अध्यक्ष साहले दिए ।

उद्दार कार्यमा संघीय सरकारको सक्रियता भएपनि बाढीप्रभावित क्षेत्रमा राहत वितरण कार्यमा सरकारको उपस्थिति नदेखिएको भन्दै प्रधानमन्त्री ओलीसमक्ष सांसद साहले दुखेसो पोखे । भने, ‘बाढीको कारण सयौंको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन् । कतिपय पूर्वाधारहरु पूर्णरूपमा नष्ट तथा धेरै आंशिक रुपमा क्षतिग्रस्त भएको छ ।’

उद्दार कार्यमा सरकारद्वारा प्रहरी, सेना, प्रशासन सक्रिय भएपनि राहत कार्य प्रभाव नदेखिएको उनले बताए । प्रधानमन्त्री ओलीले राहत वितरणमा राजनीति नगर्न आग्रह गरेका छन् । संघीय सरकारले बाढीपीडितका लागि पठाएको सहयोगमा प्रदेश २ सरकारले राजनीति शुरु गरेपछि प्रधानमन्त्री आफै प्रभावित क्षेत्रमा पुग्ने बताए ।

‘बाढीपीडितका लागि पठाईएको सहयोगमा समेत राजनीतिक शुरु भएको छ, यस्तो नहुनुपर्ने हो’ प्रधानमन्त्री ओलीले भने, ‘विपतको बेला सबै एकजुट भएर राहत, उद्धार तथा व्यवस्थापनमा जुटनुपर्छ, म आफै प्रभावित क्षेत्रमा बिशेष प्याकेज सहित पुग्छु ।’ सिंगापुरबाट फर्किएपछि प्रधानमन्त्री ओली बिशेष प्याकेज सहित बाढीपीडित क्षेत्रमा आफै पुग्ने बताए ।

हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७