ईपीएल शरु:काठमाडौंले दियो ललितपुरलाई ९० रनको लक्ष्य (Live)


३ पुष २०७४, सोमबार
criket n p l

काठमाडौं: नेपालमा सर्वाधिक राशिको क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) आजबाट कीर्तिपुरमा सुरु भएको छ ।criket n p l

काठमाडौं किङ्स इलाभेनले पहिले ब्याटिङ गर्दै ललितपुर पेट्रियट्सलाई ९० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं १८.३ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो ।

काठमाडौको दोस्रो ओभरमा ७ रन बनाएको अवस्थामा पहिलो विकेटको रुपमा सागर पुनलाई गुमाएको काठमाडौंले तेस्रो ओभरमा नरेश बुढाएरलाई शुन्य रनमा गुमाए । २३ रन जोडेको अवस्थामा काठमाडौले आफ्नो महत्वपूर्ण विकेट गुमायो । कप्तान महरुफ परवेजलाई काठमाडौंले ७ रनमा गुमायो ।

काठमाडौंका लागि अमित श्रेष्ठले सर्वाधिक २७ रन बनाए । २८ बलको सामना गरेका अमितले ४ चौका प्रहार गरे । श्रीलंकन अक्षु फर्नान्डो १५ रनमा आउट भए । सोमपाल कामी १४ रनमा रनमा आउट बनाए । कप्तान महरुफ फरवेज र सुवोध कुमारले समान ७ रन बनाए । सोमपाल र अक्षुले सातौ विकेटको लागि ४० रनको साझेदारी गरे ।

सिद्धान्त लोहनी ५ रनमा आउट भए । ओपनर सागर पुन समान ४ रनमा आउट भए । नरेश बुढाएर शुन्य रनमा आउट भए । ललितपुरका लागि सुवोध भाटीले सर्वाधिक ४ वकेट लिए । ललित नारायण राजवंशीले ३ तथा मेहबुव आलमले २ विकेट लिदा योगेश नागरले १ विकेट लिए । नरेश बुढाएर, राजु रिजाल र जितेन्द्र मुखिया शुन्य रनमा आउट भए ।

अब केहि बेरमा ललितपुर पेट्रियट्स ब्याटिङ गर्दैछ । त्रिभुवन विश्वविद्यालयको मैदानमा राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा ६ टिम सहभागी छन् ।

उद्घाटन खेलमा काठमाडौं किङ्स इलाभेन र ललितपुर पेट्रियट्सबीच प्रतिष्पर्धा हुँदैछ । किङ्स इलाभेनको नेतृत्व परवेज महरुफ र पेट्रियट्सको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका छन् । यीसँगै पारस खड्काको कप्तानीमा विराटनगर वारियर्स, शक्ती गौचनको कप्तानीमा पोखरा राइनोज, शरद भेषावकरको कप्तानीमा भैरहवा ग्लाडियटर्स र दिपेन्द्र सिंह ऐरीको कप्तानीमा चितवन टाइगरले पनि प्रतियोगितामा भाग लिएका छन् ।

लिग चरणमा प्रत्येक टिमले एकआपसमा खेल्नेछन् । लिगमा शीर्ष हुने दुई टिमबीच पहिलो क्वालिफायर हुनेछ । जित हात पार्ने टिम फाइनलमा पुग्नेछ । हार्ने टिमले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । प्रतियोगिताको विजेताले २१ लाख नगद पुरस्कार पाउने छ ।

पहिलो खेल काठमाडौं किङ्स इलाभेन र ललितपुर प्याट्रियट्सबीच भइरहेको छ । ललितपुरले टस जितेर काठमाडौं किङ्स इलाभेनका ब्याटिङको निम्तो दिएको छ ।
श्रीलंकाका पूर्व खेलाडी परवेज महरुफको कप्तीनमा काठमाडौं किङ्स उर्तेको छ । सोमपाल कामी , जितेन्द्र मुखिया, नरेश बुढाएर, राजु रिजाल, सुशिल कँडेल, विक्रम भुसाल, अमित श्रेष्ठ, सागर पुन अक्ष फर्नान्डो र भारतका सागर कुमार जस्ता खेलाडी छन् ।

ललितपुरको कप्तानी राष्ट्रिय टोलीका उप कप्तान ज्ञानेन्द्र मल्लले गरेका छन् । ज्ञानेन्द्रको नेतृत्वमा रहेको टोलीमा सोनु तामाङ, शंकर राना, राजवीर सिंह, सन्दीप जोरा लगायत इण्डियन प्रिमियर लिग(आइपिएल) टोली दिल्ली डेर डेभिल्सबाट खेलिसकेका योगश नागर लगायतका खेलाडी छन् । सुबोध भाटी र जयकिशन अनिलकुमार कोल्सवाला, सन्दीप लामिछाने, कुशल भुर्तेल, रसिद खान, पवन सर्राफ, ललित राजवंशी खेलाडीको ललितपुरलाई साथ छ ।

https://www.youtube.com/watch?v=jyrFHdNVr-o

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७