एनआईसी एशियाका ग्राहकलाई चौराहा हस्पिटलमा १० प्रतिशत छुट


२३ श्रावण २०७६, बिहीबार
Chauraha Hospital NIC ASIA agreement pic

काठमाडौँ, २३ साउन । एनआईसी एशिया बैंक लिमिटेड र चौराहा हस्पिटल प्रालि, कालिकानगर, बुटवलबीच सम्झौता भएको छ ।

बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।


उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्की र चौराहा अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३२१ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रधान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७