सनराइज बैंकको ११७ औं शाखा ललितपुरको कुपण्डोलमा


२३ श्रावण २०७६, बिहीबार
kupondole

काठमाडौं, २३ साउन । सनराइज बैंकले आफ्ना नयाँ शाखा विस्तार गर्ने क्रममा ललितपुरको कुपण्डोलमा ११७ औं शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सनराइज बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेडले संयुक्त रूपमा शाखा कार्यालय र एटिएमको उद्घाटन गरेका हुन् ।

यसरी, सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको यस बैंकले आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिएको छ ।


हालसम्म सनराइज बैंकले ११७ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३५ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आएको र नेपालका अन्य स्थानहरूमा पनि थप शाखाहरू संचालन गर्ने योजनामा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७