स्वास्थ्यको समायोजनमा चिकित्सक संघको आपत्ती, औंल्यायो यस्ता त्रुटी (विज्ञप्तीसहित)


२८ श्रावण २०७६, मंगलवार
nepal chikitsak sangh

काठमाडौं, २८ साउन । स्वास्थ्य क्षेत्रका कर्मचारीको समायोजनप्रति नेपाल चिकित्सक संघले आपती जनाएको छ ।

चिकित्सकको समायोजन ऐन र ज्येष्ठताको आधारमा नभएको भन्दै संघले आपत्ति जनाएको हो ।
संघले आज एक प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रका चिकित्सकको समायोजन व्यक्ति विशेषलाई लक्षित गरिएको भन्दै कार्यविधि, वैज्ञानिक एवं पारदर्शी रुपमा समायोजन गर्नुपर्ने माग गरेको छ ।

चिकित्सकको अहिलेको समायोजनले समग्र स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पुग्ने निश्चित भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मापदण्ड अनुसार समायोजन गर्न माग गरेका छन् । सरकारले चिकित्सकको समायोजनलाई नसच्याए नेपाल चिकित्सक संघ जस्तोसुकै कदम चाल्न बाध्य हुने हुने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
हेर्नुस् विज्ञप्ती

Nepal Medical

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७