राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ३२ करोड नाफा कमायो


३० श्रावण २०७६, बिहीबार
Rastriya banijya bank

काठमाडौं, ३० साउन। राष्ट्रिय वाणिज्य बैंकले सबै भन्दा धेरै नाफा कमाउनुका साथै नाफामा इतिहास रचना गरेको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको । आर्थिक वर्ष २०७५र७६ मा बैंकले ४६ प्रतिशतले नाफा बढाएको हो ।


सबैभन्दा बढी नाफा कमाउने बैंकका रुपमा स्थापीत हुँदै आएको राष्ट्रिय बाणिज्य बैंकले नाफामा अत्याधिक छलाङ मारेको छ । बैंकको प्रतिसेयर आम्दानी ५९.१७ रुपैयाँ छ । रयस बैंकले ४.२८ प्रतिशत रहेको खराब कर्जालाई घटाएर २.९० प्रतिशतमा झारेको छ ।

त्यसैगरी अघिल्लो वर्ष ६.२० प्रतिशत रहेको बेसरेट यो वर्ष ५.५० प्रतिशतमा झारेको छ भने अघिल्लो वर्ष ६८.६७ प्रतिशत रहेको सीडी रेसियोलाई बैंकले समीक्षा अवधिमा ७४.०८ प्रतिशत पुर्याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७