‘अरुलाई गलत देखाएर आफू सहि बन्न खोज्ने प्रवृति बढ्दो छ’


३० श्रावण २०७६, बिहीबार
Wasim Alam

 वासिम आलम 

राज्यको चौथो अङ्ग हो मिडिया । राज्यका हरेक क्षेत्रमा यसको क्रियाशिल भूमिका रहनु पर्छ । पछिल्लो समय यस क्षेत्रमा विकृति बढेको देखिन्छ । कारण कतिपय अनलाइन मिडिया गोजीमा छन् । खोजमूलक पत्रकारिताको कमी छ । वायस र कपी गरेर सम्प्रेषण गरिएका सूचनाको संख्या बढ्दो छ । स्रोतले बतायो भनेका भरमा बाटैबाट मनका कुरा आफ्नो पक्षको अनलाइनमा पोख्ने चलन बढ्दो छ ।

कार्वाही गर्ने कसले ? जब पत्रकार महासंघआफै विभिन्न राजनीतिक दलको भ्रातृ संगठनका प्रतिनिधिहरुको एक संगठन जस्तो दखिन्छ । हरेक दलको कुनै न कुनै नामका भ्रातृ संगठन छन् । सबै पार्टीमा पत्रकारहरुको आ–आफ्नै संगठन छन् । स्वतन्त्र र प्रभावकारी पत्रकार महासंघ बनाउने हो भने यी भ्रातृ संगठनका रुप खारेज गर्नुपर्छ । किनकी यी यस्ता संगठनमा आवद्ध पत्रकारका कारण महासंघमा लडाई चल्छ । जसले कानुन बनाउन दिंदैन । यसभित्र भएका केहि गलत मान्छेका कारण मिडियालाई हेर्ने दृष्टिकोण खराब बन्दै गएको छ ।

अनि केही झोले पत्रकार र वायस पत्रकारका कारण सही र खोजमूलक पत्रकारिता गर्नेलाई समेत धक्का लाग्छ । उनीहरुप्रति जनतामा अविश्वास सिर्जना हुन जान्छ । यसले मिडियाको भविष्यलाई राम्रो गर्दैन ।

महत्वपूर्ण अङ्गको रुपमा रहेको मिडिया सदैव आवश्यक हुन्छ । किन भने जुन देशको मिडिया कमजोर हुन्छ त्यस देशमा रहेका शासन सत्तामा रहेकाहरु क्रूर हुँदै जान्छन् । गलत कुराहरु बढी हावी हुँदै जान्छन् । त्यसैले मिडियाले वाच डगको भूमिका निर्वाह गर्ने हो । न कि न्यायधिशको ।

अहिले कतिपय मिडिया राजनीतिका दलको भ्रातृ संगठन र कार्यकर्ताको रुपमा देखापरेका छन् । त्यसको शुद्धिकरण गर्न आवश्यक छ । आफूतिर शुद्धिकरण गरेपछि अर्कोतिर औला उठाउन सहज हुन्छ । मिडिया विधेयक सही ल्याउन पनि पहिला मिडिया व्यवस्थित हुनुपर्छ ।

सामाजिक सञ्जालको प्रयोग
हरेक कुराका दुई पाटा हुन्छन् । त्यस्तै सामाजिक सञ्जालका पनि फाइदा र बेफाइदा छन् । यसका लागि ठोस रुपमा कानुन त छैन । कार्यान्वयन पक्ष झनै फितलो देखिन्छ । सामाजिक सञ्जाल प्रयोग गरेर धेरै राम्रा कामको थालनी । प्रचार प्रसार गर्ने र अरुलाई सकारात्मक कामप्रति आकर्षण गर्ने पनि छन् ।

तर, सामाजिक सञ्जाल प्रयोग गरेर राजनीतिक व्यक्तित्वहरुको चरित्र हत्या गर्न कति समय पनि त नलाग्दो रहेछ । यसको प्रयोग यसरी भइरहेको छ कि, कतिपय अरुलाई गलत देखाएर आफू सहि बन्न खोज्ने प्रयासमा पनि देखिन्छन् ।

विस्तारै विस्तारै सरकारले यसलाई अंकुश लगाउदै गएको छ तर, पूर्ण हुन सकेको छैन
प्रविधिको विकास र प्रयोगसँगै जसरी विकृति बढेको देखिन्छ । साथसाथै त्यसको कार्यान्वयनमा सही मान्छे हुने हो भने र गर्न खोज्यो भने अवश्य राज्य सञ्चालनमा यसले सहयोग गर्दछ ।

जसरी आज धमाधम कर्मचारी प्रक्राउ परिरहेका छन् । हिजोका दिनमा कति रकम दिने भनेर खुलेर वार्गेलिङ गरिरहँदा पनि थाहा हुँदैन थियो । तर, आज अनेकौं जुक्तिले घुमाउरो पारामा घुस लिए पनि चाँडै पत्ता लाग्छ । फेरि यहाँ प्रश्न आउँछ । १५ हजार रुपैयाँ लिनेलाई पक्राउ गर्ने अख्तियार करोडौंको भ्रष्टचारी किन देख्दैन ?

जवाफमा के भन्छु भने अख्तियारको नियुक्ति स्वतन्त्र हुनुपर्छ । जुन अझ पनि हुन सकेको छैन । कानुन भन्दामाथि कोही हुँदैन । तर, गलत मान्छेका विरुद्ध बोल्न सक्नुपर्छ । त्यसैले राज्यका हरेक क्षेत्र र तहको शुद्धिकरण भनेको कानुनी राज्यको स्थापना र स्थायित्व हो । जसमा हरेक युवाको महत्वपूर्ण योगदान रहेको हुन्छ ।

अहिलेका युवाहरुमा सोचाइमा परिवर्तन आएको पाइन्छ । युवाले नै केहि गर्नुपर्छ । वेथितीका विरुद्ध बोल्नु पर्छ । हिजो विदेशमा गएर देशमा केहि छैन भनेर गाली गर्ने, सराप्नेहरु पनि आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने सोच्न थालेका छन् । आफ्नो देश बनाउनतर्फ अग्रसर हुन थालेको देखिन्छ । त्यसैले युवा विदेशिदा गर्व गर्ने होइन, यहिं रोजगार सिर्जना गर्न सक्नु पर्छ । यी सबै पक्ष राजनीतिसँग जोडिन्छ ।

युवा विदेशिनबाट रोक्न र रोजगारको अवसर सिर्जना गर्न राजनीतिले प्रभाव पारेको हुुन्छ । पछिल्लो समय शिक्षामा राजनीति नभएको होइन । तर, शिक्षा सबैको आधारभूत आवश्यकता हो । जबसम्म हरेक नागरिकको यसमा सहज पहुँच हुँदैन तबसम्म उसले शिक्षा प्राप्त गर्न सक्दैन । अनि उसले मुलुक र राजनीतिका विषयमा बुझ्नै पाउँदैन ।

शिक्षामा पहिलो प्राथमिकता राज्यले दिनुपर्छ । फेरि सबै कुरा राज्यले गरिदिन्छ भन्ने मानसिकताबाट हट्ने कि नहट्ने त ? अवश्य पनि यसबाट बाहिरिनु पर्छ । आफ्नो समुदायमा भएका शैक्षिक क्षेत्र (स्कूल, कलेज) व्यवस्थित गर्न जो जहाँ छौं त्यहिंबाट सकेको योगदान गर्न सक्नु पर्छ ।


राजनीति के हो त ?
राजनीति पेसा होइन । यो एक समाज सेवा हो । यसले तलव भत्ता दिंदैन । यदि तपाई राजनीतिकर्मी हो भने कहाँबाट पालिदै हुनुहुन्छ ? परिवारको पालनपोषण कसरी गर्नुहुन्छ ? आफ्ना सन्तानको हेरचाह र शिक्षा, स्वास्थ्यमा लगानी कहाँबाट आउँछ ? जस्ता पश्नको चाङ लाग्छ, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा । यसको जवाफ भनेको राजनीति गर्नुभन्दा पहिले आफू बाँच्ने र आफन्तको पालन पोषणको लागि आधार तयार गर्नुपर्छ ।

निरन्तर आम्दानीको स्रोत खडा गरिनु पर्छ । अनी साथसाथै राजनीतिगर्ने हो । भोको पेटले समाजसेवागर्न सक्छ र?अहँ सक्नदैन ।

किनकीजो मान्छे आफू नै कमजोर अवस्थामा राजनीतिमालागेको हुन्छ । उसले शक्तिको दुरुपयोग गर्न सक्ने परिस्थितिसिर्जना हुन सक्छ ।गलत बाटो अपनाउन सक्छ । विकृति र विसंगतिले बढवा पाउछ । जसको परिणाम आज राजनीतितिलाई फोहोरी खेलको रुपमा हेर्नेको संख्याप्रशस्तै छ ।
राजनीतिमा यूवाआवश्यक किन? विशेष गरि विद्यार्थी संगठन किन?

हरेक नीतिमाथि राजगर्ने हो राजनीति ।  हरेक यूवाले राजनीतिबुझ्नुपर्छ । अधिकांशको सोचाइ यस्तो छ की । राजनीति पढेलेखेकाले गर्ने होइन । यो त कम पढेका । बेरोजगार । पैसावाला । व्यक्तिले गर्ने हो भन्ने बुझाई छ । तर यो बुझाई गलत हो ।

यदि राजनीतिमानलागेको भए सामाजिकदायित्वबुझ्न गारो हुन्थ्यो। जातधर्म र समुदाय र संस्कृतिकाबारेमा सकरात्मक सोचाई जुन म मा छ । यो संगठनबाटै आएको हो । तर आजविभिन्नजातधर्मका नाममा राजनीतिभइरहेको छ । यो गलतहो । विकृतिको विरुद्धको एकता नै संगठन हो । त्यस्तै विद्यार्थीको हकहितकालागि । शैक्षिक क्षेत्रमा भएको विकृति विसंगतीका विरुद्धका लागि । गुणस्तरीय शिक्षा प्राप्तगर्ने वातावरण सृजना गर्नका लागि । बनेको हुन्छ विद्यार्थी संगठन ।


यसलाई अहिलेको विद्यार्थी संगठनले कसरी बुझेको छ त ?
निर्वाचनलाई हेर्दा हुन्छ । जब आफ्नो क्षेत्रमा सही मान्छे छनौट गर्ने कुरामा चुकेको दुखिन्छ । सही मान्छेको छनौट गर्न भोट प्रकृयामा सहभागीनहुने । अनि फेरी गलत मान्छे चयन भयो भानीविरोध गर्ने चलन पुरानै हो । त्यसैले दायित्व पुरा गर्ने र गर्न सक्ने प्रतिनिधि जिताउनका लागि पनि राजनीति बुझ्न जरुरी छ ।

आन्दोलनको उत्थान गर्ने र त्यसको व्यवस्थापन गर्न नसक्नुले यो प्रश्न आइरहेको छ । जुन जायज छ । यसबाट अधिकांश विद्यार्थी संगठन धेरै आलोचित छन् । किनकी यो विकृति देखिएको छ । निजी क्षेत्रमा गलत भयो भनेर आल्दोलन गर्ने तर कहाँ गएर टुङ्गियो भनेर देखिंदैन । त्यसको किनारा कहाँ र कसरी लगाउने हो स्पष्ट भिजन देखिंदैन । त्यसैले केहि गलत सोचाइका कारण विद्यार्थी भर्नाको समय भनेको संगठनका लागि दशैं–तिहार आए जस्तो भन्ने गम्भिर आरोप पनि छ ।

संगठनमा सबै गलत हुँदैनन् र गलत मान्छे निरन्तर अघि बढ्न सक्दैन । तर, म आफै पनि विद्यार्थी संगठनको नेतृत्वतहमा भएको हैसियतले यस विषयमा सबैले गहन भएर सोच्न जरुरी छ । त्यसैले फेरि पनि भन्छु अवका हरेक युवा पिढीले राजनीतिको सहि अर्थ र यसको महत्व बुझ्नु पर्छ । आफ्नो पेसा व्यवसायलाई प्राथमिकतामा राख्नु पर्छ । साथसाथै राजनीतिमा योगदान पुर्‍याउने युवा जमातको संख्या बढ्नु पर्छ । नत्र त नबुझिकन गरिएको राजनीति । राजनीति होइन विकृति बन्न पुग्छ ।

(लेखक, तात्कालिन अनेरास्ववियुका सचिव हुन्)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७