इपिएलमा पोखरा राइनोजको १० विकेटको शानदार जित


४ पुष २०७४, मंगलवार
epl rainoj

काठमाडौं : एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पोखरा राइनोजले शानदार जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेल मैदानमा आज भएको खेलमा पोखराले चितवन टाइगर्सलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । epl rainoj

पोखराको जितमा पाकिस्तानी खेलाडी इस्रारुल्लाहले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ५२ बल खेल्दै ६ छक्का र एक चौका हाने । सुनिल धमलाले अविजित ४६ रन जोडे ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११३ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको पोखराले १७.२ ओभरमा लक्ष्य पूरा ग¥यो । चितवनका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ तथा अनिल मण्डलले ३२ रन बनाए ।
चितवनको ४ विकेट लिएका इज्राउल्ला म्यान अफ दि म्याच बने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७