आइएमई लाइफद्वारा २०७५/७६ मा ९१ करोड बीमा शुल्क संकलन 

आइएमई लाइफ मनायो दोस्रो वार्षिकोत्सव


१ भाद्र २०७६, आईतवार
IME life

काठमाडौँ, १ भाद्र ।  आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ९१ करोड बिमा शुल्क सङ्कलन गर्न सफल भएको छ । ब्यबसायिक कारोबार बिधिवतरुपमा सञ्चालन भएको दुई वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रम आर्थिक वर्ष २०७५/७६ मा रु. ९१ करोड बिमा शुल्क सङ्कलन गर्न सफल भएको जानकारी दिए । 

कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बिमा बजारमा कम्पनीले प्रतिस्प्रधात्मक उपस्थिति जनाएको  बताएका छ । 

 चालु आ.व.२०७६/७७मा थप शाखा बिस्तार गरी बीमित, अभिकर्ता एवं सेवाग्राहीको पहँुचलाई सर्वसुलभ, छिटो छरितो सेवा पु¥याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको व्यवस्था तथा उत्प्रेरणा हुने खालको नीति तर्जुमा गरिने जानकारी दिए  ।

 कम्पनीले नियमनकारी निकायश्री बिमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्र्रक्रियाहरु पूरा गरी सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताए । 

यसै गरी उनले आर्थिक पहुँच र वित्तीय साक्षरता बढाउने काममा कम्पनीले सहयोग गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । कम्पनीले विभिन्न सङ्घ संस्था तथा त्यसका कर्मचारी तथा सदस्यहरूको सुविधा तथा लाभलाई मध्यनजर गरी भर्खरै श्री बिमा समितिवाट स्वीकृति प्राप्तन यां जीवन बिमा लेख ‘आइएमई सामूहिक सावधिकबोनस सहितको जीबनबीमा योजना” सार्वजनिक गरेको छे । 

 यसै गरी कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जीवन बिमा व्यवसायमा महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ताको लागि आकर्षक एवं उत्प्रेरक विविध प्रोत्साहन योजनाहरू कार्यन्वयन गरिने जानकारी दिए । 

व्यवसाय सुचारु भएको दोस्रो वर्ष सम्ममा कम्पनीले देशका सातै प्रदेशका विभिन्न ८५ स्थानमा शाखाकार्यालयहरु स्थापना गरी बिमा सेवा पुर्याउदै आएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७मा थप शाखा/उपशाखाहरू बिस्तार गरी बिमाको पहुँच तथा सेवा दिने योजना रहेको बताए । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७