मेट्रो रेलमा भारतीय र चिनियाँबीच प्रतिष्पर्धा


३ भाद्र २०७६, मंगलवार
mono rail

काठमाडौं, ३ भदौं । काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर) का लागि भारत र चिनियाँ कम्पनीबीच प्रतिष्पर्धा सुरु भएको छ ।

लगानी बोर्डको आगामी बैठकमा दुई वटा कम्पनीको प्रस्ताव मूल्याङ्कन प्रतिवेदन पेस गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।

चार वटा प्रस्तावमध्ये दुईटाको मूल्याङ्कन गर्दा उपयोगी देखिएकाले मूल्याङ्कन प्रतिवेदन बोर्डमा पेश गर्ने तयारी भएको लगानी बोर्डका एक अधिकारीले बताए ।

अहिले डिपीआरका लागि राइट्स रेल इण्डिया टेक्निकल एण्ड सर्भिसेज र चीनको संयुक्त कम्पनी चाइना रेलवे सियुवान सर्भे एण्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडबीच तीब्र प्रतिष्पर्धा चलिरहेको छ । अन्नपूर्ण दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७