युरोपा लिग फुटबल छनौट : इङ्लिस क्लब वुल्भह्याम्पटन वान्डरर्स विजयी


६ भाद्र २०७६, शुक्रबार
lig

काठमाडौं, ६ भदौं । युरोपा लिग फुटबलको छनौट खेलमा इङ्लिस क्लब वुल्भह्याम्पटन वान्डरर्स विजयी भएको छ ।

गए राति भएको प्ले–अफ पहिलो लेगको खेलमा वुल्भरह्याम्पटनले इटालीको टोरीनोलाई ३–२ ले हराएको हो । बलियो प्रतिद्वन्द्वी टोरीनोमाथि हात पारेको ‘अवे’ जितपछि वुल्भरह्याम्प्टन पहिलो पटक युरोपा लिगमा छनौट हुने सम्भावना बढेको छ । दोस्रो लेगको खेल अर्को हप्ता वुल्भरह्याम्पटनको मैदानमा हुनेछ ।

युरोपा लिग फुटबल छनौटकै अर्को खेलमा स्कटल्याण्डको सेल्टिकले स्विडेनको एआईकेलाई २–० ले हराउँदा काजखस्तानको अस्टानाले रोमानियाको बाते बोरिसोभलाई ३–० ले पराजित गर्‍यो । यसैगरी ग्रिसको एईके एथेन्स, डेनमार्कको एफसी कोपनहेगन र स्विडेनको माल्माने पनि पहिलो लेगका खेलहरुमा विजयी भए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७