कार्यालयमै नगई तलब र भत्ता बुझ्छन् स्थानीय कर्मचारी


८ भाद्र २०७६, आईतवार
karmachari 2

सिमकोट, ८ भदौं । स्थानीय तहमा कार्यरत कर्मचारीले कामै नगरी तलब भत्ता लिइरहेका छन् । सदरमुकाम बाहिर टाढा र दुर्गममा स्थानीय तहका कर्मचारीले कार्यालयमा हाजिर नै नभई तलब बुझिरहेको भेटिएको हो ।

स्थानीय तहका कर्मचारीले सदरमुकाम सिमकोटमै बसेर तलब बुझिरहेको पाइएको छ । यहाँका स्थानीय तहका अधिकाश कर्मचारी त्यँहा छैनन् । विभिन्न बहानामा उनीहरु जिल्ला बाहिर बस्ने गरेका छन् । तर उनीहरु कार्यालयमा उपस्थित नै नभई तलब भत्ता भने नियमित बुझिरहेका छन् ।

राज्यले तोकेको तहमा खटाइएका कर्मचारीले हिजोआज सदरमुकाममै बसेर हाजिरी गर्दै आएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७