नाडा अटो शोमा अर्थमन्त्री, गाडी एसेम्बलिङ गरेर बिक्री गर्न सुझाव


१० भाद्र २०७६, मंगलवार
Yubraj khatiwada

काठमाडौं, १० भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा विदेशबाट गाडी ल्याएर बिक्री गर्नुभन्दा पनि स्वदेशै गाडी एसेम्बलिङ गरेर बिक्री गर्न सुझाव दिएका छन् ।

मंगलबारबाट काठमाडौंको सुरु भएको नाडा अटो शोको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले नेपालमा विद्युतीय गाडी (एसेम्बलिङ) बनाउने उद्योगहरुलाई सरकारले २५ प्रतिशत अनुदान दिने बताउँदै स्वदेशमै गाडी एसेम्बलिङ गरे बिक्रि गर्न सुुझाव दिएका हुन् ।

सरकारले निजी गाडी भन्दा पनि सार्वजनिक सवारी साधनलाई प्रोमोट गर्ने उहाँको भनाई छ । ९० प्रतिशत परम्परागत इन्धन(डिजल र पेट्रोल) बाट सञ्चालन हुने गाडीलाई हाइब्रिड भन्न नमिल्ने उनले बताए ।

१० वर्षमा ४ गुणाले गाडी आयात बृद्धि भइरहेको प्रशंग उल्लेख गर्दै उनले नेपालीको आम्दानीले धान्न सक्ने गाडी मात्रै भित्र्याउदा राम्रो हुने तर्क गरे । गाडी आयातकर्ताले प्रविधिको प्रयोग गरेर जुनसुकै नाकाबाट गाडी भित्र्याएपनि राजस्व पायक पर्ने ठाउँमा तिर्ने व्यवस्था मिलाउनेतर्फ सरकार लागि परेको उनले बताए ।

१४ औँ नाडा अटो शो उद्घाटन समारोहमा आयोजक नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष शम्भु दाहालले प्रर्दशनी स्थल सानो भएका कारणले ठूला सवारीसाधन शोमा राख्न नसकिएको बताए ।

१५ गतेसम्म हुने अटो शोमा दुईपांग्रे र चारपांग्रे गरि ४१ वटा ब्राण्डका सवारी कम्पनीले सहभागिता जनाएका छन् । मेलामा सवारी साधनको प्रदर्शनीका साथै सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिज कम्पनीहरूको पनि सहभागिता रहेका छन् । नाडा अटोमाबाइल एसोसिएसन अफ नेपालले सवारी, पार्टपुर्जा तथा यससँग सम्बन्धी एसोसिरिजह?को प्रदर्शनी नाडा अटोमा वर्षेनी गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७