शारदा थापालाई छायाँछवि नारी पत्रकारिता पुरस्कार


११ भाद्र २०७६, बुधबार
sarada thapa

काठमाडौं, ११ भदौ । पत्रकार शारदा थापालाई छायाँछवि नारी पत्रकारिता पुरस्कार दिइने भएको छ ।

हाम्रो भाषा, हाम्रो संस्कृती आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत संगीत सम्बृद्धिको हाम्रो यो अभियान भन्ने मूल नाराको साथ छायाँछवि तीज म्यूजिक अवार्ड भाद्र १२ गते हुने कार्यक्रम दिइने भएको हो ।

उक्त अवार्डमा छायाँछवि नारी पत्रकारिता पुरस्कार रंग पत्रकार शारदा थापालाई प्रदान गरिने भएको आयोजक सस्थाले प्रेश बिज्ञप्ति मार्फत जनाएको छ । पत्रकार थापा बिगत दुई दशक देखि रंग पत्रकारिता क्षेत्रमा क्रियाशील रहेकी छिन् ।

तिज म्युजिक अवार्डमा ३२ विधामा अवार्ड प्रदान हुने पनि आयोजक सस्थाले जनाएको छ । कार्यक्रम सेलिब्रेसन ब्यान्क्वेट नक्सालमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७