आयाक्सले बनायो च्याम्पियन्स लिगको समूह चरणमा स्थान


१२ भाद्र २०७६, बिहीबार

काठमाडौं, १२ भदौं । डच क्लब आयाक्सले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा स्थान बनाएको छ । आयाक्ससँगै ब्रुग्स र स्लाविया प्रागले पनि समूह चरणमा स्थान बनाए ।

प्लेअफको खेलमा साइप्रसको क्लब एपोल निकोसियालाई २–० ले पराजित गर्दै समूह चरणमा स्थान बनाउन सफल भयो ।

अघिल्लो सिजन सेमिफाईनलमा पुगेको आयाक्सले पहिलो लेग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो लेगमा २–० को जित निकाल्न सफल भयो । उसले खेलको ४३ औ मिनेटमा हाकिम जियचको फ्रिकिकमा एडसन अल्वारेजले हेड गोलमा अग्रता बनाएको थियो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको आयाक्सले ८० औ मिनेटमा डुसन टाडिकले गोल गर्दै आयाक्सको जित निश्चित गरे ।

अघिल्लो पटक च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेपनि यसपटक उसले छनोट चरण पार गर्नुपरेको थियो । गएको सिजन सेमिफाइनलको खेलमा आयाक्स टोटेनहमबाट पराजित हुन पुगेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७