गायक राजेश पायल राईले दिए कलाकार ‘इकु’ को बालगृहलाई दुई करोडको जग्गा


१२ भाद्र २०७६, बिहीबार
rajesh

काठमाडौं, १२ भदौं । ‘राई इज किङ’ को उपाधि पाएका गायक राजेश पायल राई स्वरका मात्र धनी छैनन्, मनका पनि उतिकै धनी छन् ।

संगीत कर्मसँगै उनले सामाजिक कार्यमा समेत आफूलाई सक्रिय बनाउँदै आएका छन् । नेपाली संगीत उद्योगमा सर्वाधिक आम्दानी गर्ने गायकको रुपमा आफूलाई उभ्याएका गायक राईले आफ्नो कमाइलाई सामाजिक क्षेत्र, र दीनदुःखीहरुको सेवामा समेत लगाउने गरेका छन् ।

भर्खरै मात्र कलाकार सुलेमान शंकर ‘इकु’ ले काठमाडौं मूलपानीमा सञ्चालन गरेको स्नेहा अनाथ बाल गृहलाई काठमाडौंमा रहेको दुई करोड मूल्य बराबरको जग्गा कुनै रकम नलिने शर्तमा उपलब्ध गराएका छन् । बाल अनाथ गृह सञ्चालनमा सहजता होस् भन्ने उद्देश्यले उक्त जग्गा गायक राईले बिना भाडा निश्चित अवधिका लागि उपलब्ध गराएका हुन् ।

कलाकार शंकरले अनाथ बालबालिकाको सेवाका लागि गरिरहेको काममा हौसला प्रदान गर्न र जग्गाको भाडावापत खर्च हुने रकम बचत होस् भन्ने सोंचेर सहयोग गरेको गायक राईले बताएका छन् ।

‘फैलियो माया दुबो सरी’ गीतबाट सांगीतिक जगतमा उदाएका गायक राजेश पायल राईले नेपाली सांगीतिक क्षेत्रको श्रीवृद्धिका लागि झण्डै ३० वर्ष खर्चिसकेका छन् । सबैभन्दा धेरै विदेशका कार्यक्रमहरुमा बिताउने राईले यसअघि पनि धेरै सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७