विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, को–को छन् टोलीमा ?

काठमाडौं, १२ भदौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोटअन्तर्गत कुवेत र चिनियाँ ताइपेविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आज २३ सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको हो । नेपालले यही भदौ १९ गते कुवेतसँग उसैको मैदानमा खेल्दै प्रतियोगिता उद्घाटन गर्ने भएको छ । त्यस्तै चिनियाँ ताइपेसँग पनि भदौ २४ गते उसैको मैदानमा खेल्ने छ ।

छनोट हुने नेपाली खेलाडीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।

त्यस्तै मिडफिल्डरमा रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, र विशाल राई छन् भने फरवार्डरमा विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् । विश्वकप छनोटमा नेपाल समूह बीमा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चिनियाँ ताइपे छन् ।

प्रतिक्रिया दिनुहोस्