नक्कली सुन देखाई लाखौँ ठगी गर्ने दुई जना पक्राउ


५ पुष २०७४, बुधबार

काठमाडौँ: महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई १० लाख ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ।Hatkadi pakrau arrest nayapage

महाशाखाको टोलीले नक्कली सुनलाई सक्कली भनी १० लाख ठगी गर्ने सिन्धुपाल्चोकका निरबहादुर तामाङ र तुलबहादुर तामाङलाई आज कोटेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ परेका तामाङद्वयले यही पुस १ गते शनिबार भक्तपुरका नौसाद अलिलाई ‘हामीसँग भएको सुन तपाईं राख्नुहोस्, हामीलाई तपार्इंसँग भएको पैसा दिनुहोस्’ भनी सुनजस्तो पहेँलो धातुको ढिक्का दिई रकम ठगेका थिए।

महाशाखाले पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७