एक खेल अघि नै न्यूजिल्याण्डलाई ट्वेन्टी ट्वेन्टी सिरिज उपाधि


१८ भाद्र २०७६, बुधबार
news

काठमाडौं, १८ भदौं । श्रीलंकाविरुद्धको तीन खेलको ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला न्यूजिल्याण्डले जितेको छ ।

घरेलु टोली श्रीलंकालाई सुरुवाती दुई खेलमा पराजित गर्दै पाहुना टोली न्युजिल्याण्डले एक खेल अगाबै श्रृंखला जितेको हो । गए राति भएको दोस्रो खेलमा श्रीलंकालाई ४ विकेटले पराजित गर्दै न्यूजिल्याण्डले ३ खेलको श्रृंखलामा २–० को अग्रता लियो ।

श्रीलंकाले दिएको १ सय ६२ रनको लक्ष्य न्युजिल्याण्डले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा ग¥यो । न्यूजिल्याण्डको जितमा कोलिन डी ग्राण्डहोमले ५९ रन तथा टम ब्रुसले ५३ रन बनाए । श्रीलंकाका अकिला धनन्जयले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । जितसँगै न्यूजिल्याण्डले तिन खेलको टि ट्वेन्टी श्रृंखला हात पारेको छ ।
पहिलो खेलमा न्युजिल्याण्ड ५ विकेटले विजयी भएको थियो । श्रृंखलाको तेस्रो तथा अन्तिम खेल यही शुक्रवार क्यान्डीमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७