सुनको मूल्य घट्यो, कति पुग्यो भाउ ?


१९ भाद्र २०७६, बिहीबार
gold

काठमाडौं, १९ भदौं । बजारमा सुनको भाउमा सामान्य उत्तारचढाव देखिएको छ । सुनको मूल्य बिहीबार (भदौ १९) घटेको छ ।

छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिन सुन ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएको छ । यता चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७