आरजु हारेको खुसीयालीमा भक्तपुरमा महिला संघको पिकनिक


६ पुष २०७४, बिहीबार
Arzu Rana Deuba

काठमाडौं : कांग्रेसजनलाई चुनाव परिणामले खुसी हुने अवस्था बनाएन । तर, आरजु राणा चुनाव हारेको खुसीयालीमा भक्तपुरका कांग्रेससम्बद्ध महिला पिकनिक खाएर रमाइलो मनाउने तयारीमा छन् ।

Arzu Rana Deuba

स्थानीय निर्वाचनमा सूर्यविनायक नगरपालिका उपप्रमुखमा पराजित कल्पना राजथला, मध्यपुरबाट उपप्रमुखमा जितेकी अञ्जना मधिकर्मी, महिला संघकी पूर्वसभापति शारदा झा, सहिद राधेश्याम जोन्सेपत्नी रजनी जोन्से, कल्पना कायस्थ, शुभद्रा काफ्ले, रञ्जना कक्षपति, लक्ष्मी शोभा प्रजापति, गंगालक्ष्मी अवाल, निर्मला फाँजु, साधना मल्ल ठकुरीलगायत भक्तपुरका महिला संघसम्बद्ध महिला पैसा उठाएर पिकनिक खान जाने भएका हुन् । कांग्रेसनिकट भ्रातृसंगठन महिला संघको सबैभन्दा क्रियाशील महिला संघलाई मानिन्छ । भक्तपुर महिला संघका सदस्य धेरै भएको हुँदा नगर छुट्ट्याएर पिकनिक जाने नेत्रीहरूको तयारी छ ।

प्रदेश र प्रतिनिधिसभाको टिकट वितरणप्रति भक्तपुर महिला संघका अगुवाले चित्त दुखाउँदै आएका छन् । अम्बिका बस्नेतजस्ता महिलाले टिकट नपाएको प्रति उनीहरूको आपत्ति छ । मंगलबार बिहान महिला संघ भक्तपुरको एक सदस्यलाई जिज्ञासा राख्यो आरजु देउवाले निर्वाचनमा पराजय व्यहोरेको खुसीयालीमा पिकनिक जान लाग्नुभएको हो ? उनले हाँस्दै जवाफ फर्काइन् एक÷दुई दिन पर्खिस्यो न हजुरलाई पनि निमन्त्रणा कार्ड पठाउँछु ।

जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७